site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिङ्गी भूकम्पको परकम्प अझै रोकिएन, बुधबार बिहानसम्म ६१६ परकम्प 

काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर मंगलबार बिहान  गएको भूकम्पको परकम्प आउनेक्रम अझै रोकिएको छैन । 

साना/ठूला परकम्प जानेक्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार बुधबार बिहान ९ : २० सम्म ६१६ वटा परकम्प गएको छ । यी परकम्प २ देखि ५.७ म्याग्निच्युडसम्मका छन् । 

“त्यसयता कति परकम्प गए मापन गर्न बाँकी छ । भूकम्पविद्हरू सञ्चारमाध्यमसँग व्यस्त भएकाले परकम्पमापन हुन बाँकी छ,” केन्द्रका एक भूकम्पविद् बाह्रखरीसँग भन्छन्, “अहिले हरेक आधा घण्टामा दुईदेखि तीनवटाका दरले परकम्प गइरहेको छ ।” 

बुधबारसम्म प्रत्येक आधा घाण्टामा १० वटाका दरले परकम्प गएको केन्द्रले जनाएको थियो ।  

मंगलबार बिहान ६ : ५० बजे तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro