अर्थ व्यवसाय
काठमाडौं । लघुवित्त वित्तीय संस्थाले कुनै संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा लगानीे गरेको भएमा उक्त सेयर तथा डिबेञ्चरमा लगानी भए बराबरको रकम लगानी समायोजन कोषमा जम्मा गर्ने व्यवस्था खारेज गरिएको छ । राष्ट्र बैंकले लघुवित्तहरूका लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था खारेज गरेको हो ।
यसअघि सेयर तथा डिबेञ्चरमा लगानी गरेको भएमा उक्त लगानी बराबरको रकम लगानी समायोजना कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।
त्यस्तै, सो कोषमा जम्मा भएको रकम उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म अन्य प्रयोजनमा उपयोग गर्न नपाइने व्यवस्था थियो । तर, अब यो व्यवस्था हटेको छ ।
यस्तो छ राष्ट्र बैंकको परिमार्जित निर्देशन
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ १९:३७
प्रतिक्रिया दिनुहोस्