site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकार गम्भीर : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री लेखकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका हुन् । 

Dabur Nepal
NIC Asia

यस विषयमा सरकार जानकार रहेको भन्दै कूटनीतिक तवरले समस्या समाधान गर्ने उनले बताए । मन्त्री लेखकले सीमाको विवाद नरहेकाले दुईवटै देशको सहमतिमा सीमा पिलर राख्नका लागि छलफल भइरहेको जानकारी पनि दिए । 

त्यस्तै, उनले जाजरकोटलगायत विभिन्न स्थानमा भूकम्पीडितका साथै बाढी पहिरोपीडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै तीव्र रूपमा पुननिर्माणको काम भइरहेको बताए । 

उनले पुननिर्माणको बाँकी कामलाई अघि बढाउन र राहत उपलव्ध गराउन क्षतिको विस्तृत लेखाजोखा गर्नका लागि मापदण्ड पारित समेत गरिएको जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro