site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सबै निजीकरण गर्दै जाँदा सिंहदरबार विदेशीलाई सञ्चालन गर्न दिने दिन आउँछ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवाको व्यवस्थापन करार, सेयर निष्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने माग गरेका छन् । आइतबार (असार २२) बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो माग गरेका हुन् ।

यस दिन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल गरिएको छ । सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणका निम्ति बाटो खुला गरिएको टिप्पणी गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“वायुसेवालाई व्यवस्थापन करार वा सेयर निष्कासन वा बिक्री गरिने छैन भनेर यो प्रस्तावनामा ल्याउनुपर्छ,” उनले भने, “त्यो ल्याएन भने निजीकरणको लागि बाटो खुला गरिएको छ, विभिन्न दफामा ।”

सबै क्षेत्र निजीकरण गरिए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउने उनले बताए । “अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ,” उनले भने, “सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य राखिएको छ, त्यो ठिक भएन । त्यसमा सचेत हुनुपर्छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्