site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१४१ कम्पनीको सेयरमूल्य बढ्यो, ९४ को घट्यो  

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २,५९१.५६ विन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज चार अर्ब ८६ करोड दुई लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गत बिहीबार चार अर्ब ६० करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज १४१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, ९४ कम्पनीको सेयरमूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर छ ।

उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी र ग्रिन भेन्चर कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ८.८८ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक वृद्धि हाइड्रोपार समूहको भएको छ । यस समूहको परिसूचक १.६७ प्रतिशतले वृद्धि भएको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro