site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छानबिन र कारबाही माग गर्दै नेविसंघ अध्यक्षले दिए पार्टीमा निवेदन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय सदस्यद्वारा गरिएको गतिविधिबारे छानबिन र कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका छन् ।

आफूमाथि व्यक्तिगत खातामा पैसा जम्मा गरेर हिनामिना गरेको आरोप लागेपछि छानबिन र कारबाहीको माग गर्दै उनले पार्टीको अनुशासन समितिमा निवेदन दिएका हुन् ।

"ममाथि बिनाप्रमाण झुटा आरोप, आर्थिक अपचलनको लान्छना लगाई चरित्र हत्या गरी संघको छवि समेत धुमिल गर्न गरिरहेको दुष्प्रयास, संगठनको विधि र पद्धति समेतको धज्जी उडाउने, विद्यार्थी आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको छ," उनले विज्ञप्तिमा भनेका छन्, "यस्तो गम्भीर परिस्थितिलाई आत्मसात गरी विद्यार्थी राजनीतिलाई नयाँ ढंगबाट परिभाषित गर्न अहोरात्र लागिरहेको अवस्थामा सञ्चालन गरिएका र लोकप्रिय बन्दै गैरहेका 'मेरो शिक्षा मेरो प्रश्न' अभियानलाई बदनाम गर्ने, संघद्वारा आयोजना हुँदै गरेको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी २० जय नेपाल कप क्रिकेट प्रतियोगितालाई समेत जोडेर अनर्गल प्रचार गरिएको छ ।"

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro