site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोइकाको नौ मिलियन डलर सहयोगमा स्याङ्जामा जीआईटी भवन बन्ने

पोखरा । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को नौ मिलियन डलर सहयोगमा गण्डकीमा प्राविधिक शिक्षालय (जीआईटी) भवन निर्माण हुने भएको छ । शुक्रबार कोइकाका प्रतिनिधि र गण्डकी सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गण्डकीका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका देशीय निर्देशक मुहेओन कङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

आजै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको शिलान्यास गरेका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ गुर्धुममा नेपाल सरकारले उपलब्ध गराएको १६० रोपनी जग्गामा शिक्षालयको भवन निर्माण गरिनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

Koika-1735904065.png
 

शिलान्यासपछि मुख्यमन्त्री पाण्डेले कोइकाले एक अर्ब २३ करोड रुपैयाँ सहयोग गरेकामा कोरियाली सरकारलाई धन्यवाद दिए ।

प्राविधिक शिक्षामार्फत दक्ष तथा व्यवसायीक जनशक्ति तयार गर्ने उद्देश्यले गण्डकी सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक प्रतिष्ठान गठन गरेको हो ।

परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षालय तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्तरूपमा कार्यान्वयन गर्नेछन् । परियोजना सन् २०३० सम्म (पाँच वर्ष) चल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro