site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘भ्रष्टाचार छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गरौँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार काण्ड छानबिनका निम्ति पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने तर्क गरे । 

दल विशेषका नेताले चिनेको व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन भएमा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उनले बताए । 

उनले भने, ‘‘नेपाली जनताले चिनेको, निष्पक्ष ढंगको न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँचजनासम्मको शक्तिशाली समिति गठनका लागि हामी सहमतिमा पुगौँ ।’’

पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाएमा सत्तामा पुगेको व्यक्तिले भ्रष्टाचार गरेर थुपारेको भनिएको रकम नियन्त्रणमा लिन सकिने उनले बताए । उनले भने, ‘पाँच सय र हजारका नोट ब्यान्ड गर्दिऊँ । हेरौँ कसले कति लुकाएको रहेछ, त्यो पनि जनताका अगाडि स्पष्ट भएर जाओस् ।’

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro