site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आगामी कार्ययोजनामा सांस्कृतिक रूपान्तरणले महत्त्व पाउँछ : प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रूपान्तरणको क्षेत्रलाई महत्त्व दिइएको बताएका छन् ।

जनसांस्कृतिक महासंघले आज यहाँ गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीसँगको भेटघाटमा अध्यक्ष प्रचण्डले भने, “हामी रुपान्तरण र पुनःनिर्माणको अभियानमा जाँदैछौँ, यो बेलामा सांस्कृतिक रूपान्तरणलाई महत्त्वका साथ अघि सारिएको छ ।” 

पार्टीको स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्त्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उनले यसले पार्टीभित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरुप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्त्व दिइएको बताए ।

पार्टी र राज्यसत्ता दुवैमा सांस्कृतिक रूपान्तरणलाई महत्त्वका साथ हेरिनुपर्ने अध्यक्ष प्रचण्डले स्पष्ट पारे । “राज्यसत्तामा अझै एकीकृत, केन्द्रीकृत र एकल सांस्कृतिक सोच हावी छ,” उनले भने, “हामीले राजनीतिक परिवर्तन गर्यौं, त्यसलाई संविधानमार्फत संस्थागत गर्यौँ । तर सांस्कृतिक रूपान्तरणको क्षेत्र राजनीतिक परिवर्तन र कानुन निर्माणबाट मात्रै सम्भव हुने कुरा होइन, यो आम नागरिकको सोच र चिन्तनसँग सम्बन्धित हुने भएकाले दुवै बदल्न धेरै मेहनत गर्न आवश्यक छ ।”

पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाहरुले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई अझै बढाएर लैजानुपर्ने बताए । त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने उनले स्पष्ट गरे ।

महासंघका अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीले आफूहरूले गरेका सुधारका प्रयास तथा चुनौतीबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro