site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कपिराइट किनबेचको सुविधासहित भृकुटीमण्डपमा पुस्तक मेला

काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्राध्यापक डा. सुरेश ढकाल र गुरुङ सुशान्तले ‘संस्कृतिको मावनशास्त्र’माथि एक घण्टा छलफल गरे । त्यसपछि सोही मञ्चमा ‘नेपाली साहित्य लेखमा महिलाको उपस्थिति’को केस्रा केलाए डा. रजनी ढकाल, डा. ज्ञानु पाण्डे, कुमारी लामा र सुमन वर्षाले ।

लेखक, साहित्यकार, पाठक भेला हुने र छलफल गर्ने यो मौका जुराएको हो, दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक मेलाले । दक्षिण एसियाली साहित्यमार्फत एकअर्काको संस्कृतिसँग जोडिने उदेश्य राखिएको पुस्तक मेलामा नेपाल, भारत र चीनका किताब उपलब्ध छन् ।

पुस्तक मेलामा नेपालका ११० गरी १६० वटा स्टल छन् । साहित्य, संस्कृति, इतिहास, अन्तर्राष्ट्रिय र बालबालिकाका किताबहरू मेलामा उपलब्ध छन् । पुस्तक मेलाको आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्ष शिवसागर शर्माका अनुसार मेला २१ पुससम्म चल्नेछ ।

465969103_2595301057327848_6601166851005353854_n-1735817431.jpg
मेलामा चीनसम्बन्धी सामग्री पनि प्रशस्तै उपलब्ध छन् । चीनको ‘चाइना इन्टरनेशलन बुक ट्रेडिङ’ मेलाको सहआयोजक हो । पुस्तक मेलाको आधा हिस्सा चिनियाँ पुस्तकले ओगटेको छ । अमेरिकी दूतावासको ‘बुक बस’ पनि मेलामा राखिएको छ ।

पठन संस्कृति विकास गर्न र मान्छेहरूलाई किताबतर्फ आर्कषित गर्न मेला आयोजना गरिएको शर्मा बताउँछन् । “हाम्रो उदेश्य पठन संस्कृति विकास गर्नु हो । डिजिटल दुनियाँबाट एकछिन बाहिर निस्केर मानिसहरू किताब पढुन् भन्ने हाम्रो चाहना हो,” शर्मा भन्छन्, “लेखक, प्रकाशक र पाठकहरूबीच एउटै थलोमा अन्तर्क्रिया होस् भन्ने उदेश्यले यो मेला आयोजना गरेका हौँ ।”

यो पुस्तक मेलामा कपिराइट किनबेचको पनि व्यवस्था मिलाइएको शर्माले बताए । “विदेशी किताब नेपालीमा छाप्ने र नेपाली भाषाका किताब विदेशमा छाप्ने प्रक्रिया मिलाउन यसपटक यहाँ कपिराइट किनबेचको पनि व्यवस्था छ,” शर्माले भने ।

प्रकाशन गृह इन्डिगो इन्कका निर्देशक बिष्णुकुमार पौडेल पुस्तक मेलाहरूले प्रकाशक लेखक र पाठकबीच घनिष्टता बढाउने बताउँछन् । पौडेल भन्छन्, “यस्ता मेलाहरूले पठन संस्कृति फैलिन्छ । अनि लेखक, प्रकाशक र पाठकहरूबीच पनि अन्तर्क्रिया बढ्दा यसले घनिष्ठतासँगै हामी प्रकाशक, लेखक र पाठकको दायरा पनि बढाउँछ ।”

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro