site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिभुवन राजपथ चार घण्टा बन्द हुने
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड बन्द हुने भएको छ । 

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड मर्मत कार्य हुने भएकाले बाटो बन्द हुने प्रहरीले जनाएको छ । 

“लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउने कार्य गरिने भएको छ,” प्रहरीले भनेको छ, “उक्त कार्यका लागि मिति शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म उक्त सडकखण्ड बन्द रहनेछ ।” 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्