site stats
बाह्रखरी :: Baahrakhari
देश
डोल्पामा पहिरो, भेरी करिडोर अवरुद्ध
डोल्पाको नाम्दो गाउँको दृश्य । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । डोल्पामा भेरी करिडोर अवरुद्ध भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ र ठुलीभेरी नगरपालिका–३ मा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शुक्रबार (असार १३) बिहान करिब साढे ८ बजे लेदोसहितको पहिरो खस्दा भेरी करिडोरअन्तर्गत ती स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्रिपुरासुन्दरी–३, सुपानी र भित्ती भन्ने स्थानमा लेदोसहितको पहिरो खसेको छ । ठुलीभेरी–३ मा पनि विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्