देश

काठमाडौं । भारतको हैदराबाद प्रहरीका डीएसपीसहित तीनजना काठमाडौंमा नियन्त्रणमा परेका छन् । चोरी मुद्दा आरोपित नेपाली युवालाई काठमाडौंबाट नियन्त्रणमा लिएर जाँदै गर्दा उनीहरूलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
उनीहरू गएको शुक्रबार काठमाडौंबाट नै नियन्त्रणमा परेका हुन् । हैदराबाद प्रहरीका डीएसपी जसवन्तसहित नियन्त्रणमा परेका तीनजनालाई नै पछि प्रहरी भारतीय दूतावास बुझाएको थियो ।
यसअघि गएको फागुनमा पनि पञ्जाव प्रहरीको टोलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ठमेलबाट नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पनि भारतीय दूतावासमार्फत बुझाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२ १७:०६
प्रतिक्रिया दिनुहोस्