site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीएन घर्तीलाई २०८१ को ‘सामना बैंकिङ पुरस्कार’

काठमाडौं । सामना बैंकिङ पुरस्कार गुठीले २०८१ सालको ‘सामना बैंकिङ पुरस्कार’ बैंकिङविज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उनले लेखेको पुस्तक ‘बैकिङ अनुशासन दिगो विकासका लागि’ पुस्तकका लागि ७५ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

उक्त पुस्तक बैंकिङ एन्ड इन्स्योरेन्सले प्रकाशन गरेको थियो । गत आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सम्मान गर्दै पुरस्कार प्रदान गरेका हुन् । प्रा. डा. विश्वम्भर पोखरेल, प्रा.डा. गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्यांकन समितिले उक्त पुरस्कार घर्तीलाई प्रदान गर्नका लागि सिफारिस गरेको थियो ।

नेपाल बंगलादेश बैंक, एनआईसी बैंक र किष्ट बैंकमा समेत काम गरेका घर्ती किष्ट बैंकको का.मु प्रमुख कार्यकारी अधिकृत समेत भएर कार्य गरेका थिए । किष्ट बैंक प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यविधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने कार्य गर्दै आएका छन् ।

उनको परामर्शमा केही वित्तीय संस्था समस्याग्रस्त अबस्थाबाट बाहिर फर्केका छन् र केही वित्तीय संस्था मर्जर प्राप्तिमा समेत गएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro