देश
काठमाडौं । व्यवसायी सुहृद घिमिरेलाई मातृशोक परेको छ । घिमिरे कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष हुन् ।
घिमिरेकी आमा कमला घिमिरेको आज बिहान काठमाडौंमा निधन भएको हो । ८८ वर्षको उमेरमा कमलाको निधन भएको हो । उनको आजै अन्त्यष्टि गर्ने तयारी छ । अहिले साढे ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कमलाका दुई जना छोरा रहेका छन् । सुहृद घिमिरे किया मोटर्स, निर्माण, हाउजिङ, बैंकिङलगायतका व्यवसायमा संलग्न छन् ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१ ०९:४०
प्रतिक्रिया दिनुहोस्