site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाली नियोगहरूमा ‘स्थानीय कर्मचारी’ र ‘अर्दली’का नाममा मनपरी

काठमाडौं । विदेशस्थित नेपाली नियोगहरूमा ‘लोकल स्टाफ’ (स्थानीय कर्मचारी) र ‘सर्भिस स्टाफ’ (अर्दली) राख्ने नाममा जथाभावी गरेको पाइएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतका ती नियोगहरूले नियमअनुसार कर कट्टी नै नगरी करोडौंं रुपैयाँ लोकल स्टाफ र सर्भिस स्टाफलाई भुक्तानी दिएको भेटिएको छ । 

बितेको चार वर्षमा विदेशस्थित नेपाली नियोगहरूले आयकर ऐन, २०५८ लाई लत्याउँदै अनुसार करकट्टी नै नगरी लोकल स्टाफ र सर्भिस स्टाफलाई ८३ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार,आर्थिक वर्ष २०७६/७७ देखि ७९/८० सम्म चार वर्षको अवधिमा नियोगहरूले कट्टी गर्नुपर्ने १९ करोड २० लाख रुपैयाँभन्दा बढी रकम कट्टी गरेका छैनन् । कर कट्टी गर्नुपर्ने रकम पनि नियोगहरूले लोकल स्टाफ र सर्भिस स्टाफलाई प्रदान गरेका छन् ।

Dabur Nepal
NIC Asia

“चार वर्षमा मात्र नियोगहरूले १९ करोड रुपैयाँभन्दा बढी कर कट्टी गरेका छैनन् । राज्यको ढुकुटीमा जम्मा गर्नुपर्ने रकम व्यक्तिको खातामा पठाइएको छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो । आयकर ऐन, २०५८ को दफा ८ मा कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको सबै प्रकारका रकम उक्त वर्षमा उक्त व्यक्तिको रोजगारीको आय मानी गणना गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयकर ऐन, २०५८ को दफा ६७ को उपदफा (६) मा रोजगार जहाँसुकै भएपनि नेपाल सरकारले भुक्तानी दिने भएमा भुक्तानीको स्रोत नेपालमा रहेको मानी कर कट्टा गर्नुपर्ने व्यवस्था छ ।  तर, विदेशस्थित नेपाली नियोगहरूले आयकर ऐनमा गरिएको व्यवस्था अनुसार लोकल स्टाफ र सर्भिस स्टाफहरूको पारिश्रमिकमा आयकर कट्टी गर्ने गरेका छैनन् ।

आर्थिक वर्ष २०७९÷८० मा मात्र अमेरिकाको वासिङ्गटन, युनाइटेड अरब इमिरेट्स (यूएई)को अबुधाबी, बेलायतको लण्डनलगायत २३ स्थानमा रहेका नेपाली नियोगले ११९ जना लोकल स्टाफलाई २८ करोड ३० लाख रुपैयाँ करार सेवा शुल्क भुक्तानी गरेका थिए । उक्त रकम भुक्तानी गर्दा ६ करोड ५५ लाख रुपैयाँ पारिश्रमिक कर कट्टा गरिएको छ ।

कर कट्टी नगरी रकम भुक्तानी गरिएका ११९ जना लोकल स्टाफ सबै नेपाली नागरिक हुन् । लोकल स्टाफमा सम्बन्धित देशको नागरिक राख्नुपर्ने भए पनि नियोगको उच्च पदमा काम गर्ने कूटनीतिक कर्मचारीले चिनजानका व्यक्तिलाई राख्ने गरेका छन् । 

विदेशस्थित ४० वटा नेपाली नियोगमा स्वीकृत २३८ लोकल स्टाफको दरबन्दीमा आधा संख्या नेपाली नागरिक भएको पाइएको छ ।  लोकल स्टाफका रुपमा कार्यरत विदेशी नागरिकलाई दिने पारिश्रमिकमा कर कट्टी गरिएको छ, तर नेपाली नागरिकको हकमा कर कट्टी गरिएको छैन ।

कर कट्टी नगर्ने मात्र होइन नियोगहरूले आर्थिक वर्ष २०७९/८० मा पब्लिक रिलेसन अफिसर, ड्राइभर, अफिस असिस्टेन्ट, सोसियल सेक्रेटरीलगायतका १५ पदमा दरबन्दी सिर्जना नगरी लोकल स्टाफ राखेका थिए ।

स्वीकृत दरबन्दीका २३८ र अतिरिक्त थप १५ स्थानीय कर्मचारीलाई उक्त आर्थिक वर्ष नियोगहरूले ६६ करोड ४२ लाख ८४ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गरेका थिए । यसमध्ये २८ करोड ३० लाख रुपैयाँको कर कट्टी गरेको देखिँदैन ।

२०७६ पुस २८ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशस्थित नेपाली नियोगहरूमा कार्यरत सर्भिस स्टाफ (अर्दली) को पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको थियो । उक्त बैठकले सर्भिस स्टाफलाई मासिक एकमुष्ठ ६०० देखि १ हजार ३६५ अमेरिकी डलरसम्म दिने निर्णय गरेको थियो ।

वैदेशिक भत्ता भनी नतोकिएको अवस्थामा आयकर ऐन, २०५८ को अनुसूची–१ को व्यवस्थाअनुसार कूटनीतिक कर्मचारी सरह वैदेशिक भत्ताको ७५ प्रतिशत रकममा कर छुट दिन मिल्दैन ।

आर्थिक वर्ष २०७९/८० मा विभिन्न देशमा रहेका १३ वटा नेपाली नियोगहरूले १७ जना सर्भिस स्टाफलाई कर कट्टी नगरी २ करोड ६४ लाख रुपैयाँ पारिश्रमिक प्रदान गरेका थिए । उक्त रकम भुक्तानी गर्दा ४९ लाख रुपैयाँ कर कट्टा गरिएको छैन । 

नियोगहरूले आर्थिक वर्ष २०७६/७७ देखि यस्तो कर क्टटी गर्न छाडेका हुन् । यसवर्ष विदेशस्थित २० वटा नियोगले नेपालमा स्थायी घर ठेगाना भएका ६८ नेपाली नागरिकलाई स्थानीय कर्मचारीको रुपमा भर्ना गरेका थिए । उनीहरूलाई पारिश्रमिक कर कट्टी नगरी १४ करोड ६४ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको देखिन्छ । 

आर्थिक वर्ष २०७६/७७ मा यो वर्ष नियोगहरूले दरबन्दी नै नभएको ठाउँमा १६ जनालाई लोकल स्टाफको रुपमा राखेका थिए । दरबन्दी र थप १६ गरी उक्त वर्ष कुल २५४ जना लोकल स्टाफ नियोगहरूमा थिए । दरबन्दी नै भएको ठाउँमा १६ जना लोकल स्टाफ राख्दा नियोगहरूले ३ करोड ७७ लाख ३१ हजार रुपैयाँ खर्च गरेका थिए । 

आर्थिक वर्ष २०७६/७७ मा नै १३ वटा नियोगले १६ सर्भिस स्टाफलाई १ करोड २७ लाख ६९ हजार रुपैयाँ पारिश्रमक कर कट्टी नगरी रकम भुक्तानी गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा २१ वटा नियोगले लोकल स्टाफका रुपमा राखेका ८२ जना नेपाली नागरिकलाई दिएको पारिश्रमिकमा कर कट्टी गरेका थिएनन् । नियोगहरूले कर कट्टी नगरी उक्त वर्ष उनीहरूलाई १३ करोड २ लाख रुपैयाँ पारिश्रमिक उपलब्ध गरेका थिए । त्यो वर्ष ३ करोड २५ लाख रुपैयाँ पारिश्रमिक कर कट्टी गरिएको थिएन ।

आर्थिक वर्ष २०७७/७८ मा दोहा, बहराइन, जेद्दा, ओमान, वासिङ्गटनलगायत १० स्थानमा रहेका नेपाली नियोगले १५ जनालाई अर्थ मन्त्रालयको सहमतिका आधारमा स्थानीय कर्मचारीमा नियुक्त गरेका थिए । स्वीकृत दरबन्दीका अतिरिक्त थप १५ स्थानीय कर्मचारीको पारिश्रमिकका लागि उक्त वर्ष ४ करोड १ लाख रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा १४ नियोगले २५ जना सर्भिस स्टाफलाई २ करोड ४६ लाख रुपैयाँ पारिश्रमिक भुक्तानी गरेका थिए, जसको ३५ लाख रुपैयाँ कर कट्टा गरिएको छैन । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बर्लिन, वाशिङ्गटन, लण्डनलगायत १९ स्थानमा रहेका नेपाली नियोगले ९५ जना नेपाली नागरिकलाई लोकल स्टाफमा नियुक्त गरेको देखिन्छ । 

उक्त वर्ष नियोगहरूले ९५ जना लोकल स्टाफलाई कर कट्टी नगरी २० करोड १० लाख रुपैयाँ पारिश्रमिक उपलब्ध गरेका थिए । नियोगहरूले सो वर्ष ४ करोड ७९ लाख रुपैयाँ कर कट्टा नगरी लोकल स्टाफलाई पारिश्रमिक उपलब्ध गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा दोहा, बहराइन, जेद्दा, ओमान, वाशिङ्गटनलगायत १० वटा नेपाली नियोगले दरबन्दीभन्दा बाहिर १५ जनालाई लोकल स्टाफमा नियुक्त गरेका थिए । स्वीकृत दरबन्दीका अतिरिक्त थप १५ स्थानीय कर्मचारीसमेतको पारिश्रमिकका लागि उक्त वर्ष ४७ करोड १५ लाख रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा नै बर्लिन, ब्रसेल्सलगायत ४ वटा नियोगले ७ सर्भिस स्टाफलाई कर कट्टी नगरी १ करोड २८ लाख पारिश्रमिक भुक्तानी गरेको देखिन्छ । उक्त रकममा लाग्ने पारिश्रमिक कर २२ लाख रुपैयाँ कट्टा गरिएको छैन ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro