site stats
बाह्रखरी :: Baahrakhari
कला
‘ममी’को प्रदर्शन मिति तय, टिजरमा के छ ?

काठमाडौं । अभिनेत्रीद्वय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । 

आइतबार टिजिर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति माघ २५ गतेलाई तय गरिएको हो । 

Argakhachi Cement Island Ad

हरर पारिवारिक ड्रामा चलचित्रले एक परिवारमा छोरी र कुकुरको निधन भएपछि निम्तिने विपत्तिलाई दखाउनेछ । टिजरमा डर, त्रास र शंका अनुभूत हुन्छ । 

चलचित्रमा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत बिस्ट घनश्याम जोशीलगायत कलाकारको अभिनय रहेको छ । 

समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । लोक राज जोशी र पूर्णिमा जोशी निर्माता तथा सुमन कोइराला कार्यकारी निर्माता रहेका छन् । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्