site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरिया विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६७ पुग्यो

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६७ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये १६७ जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ  ।

थाइल्यान्डको बैंककबाट उडान भरेको बोइङ ७३७–८०० जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा सवारमध्ये १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । उनीहरूमध्ये थाइल्यान्डका दुई र अरू दक्षिण कोरियाका नागरिक रहेको बीबीसीले जनाएको छ । नेसनल फायर एजेन्सीका अनुसार, विमानमा ५७ महिला, ५४ पुरुष र १३ अन्य थिए । 

दुर्घटनाको कारण अझै पुष्टि हुन सकेको छैन । तर, चरासँग ठोक्किँदा र खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने विश्वास गरिएको छ ।

अहिले उद्धारका लागि १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुर्घटनामा परेकामध्ये उडान दलका दुई सदस्यको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ । उनीहरूमध्ये एक पुरुष र एक महिला हुन् । उनीहरू विमानको पुच्छर भागमा भेटिएको नेसनल फायर एजेन्सीले जनाएको छ ।

आजको विमान दुर्घटनालाई दक्षिणको कोरियाको उडान इतिहासमा अहिलेसम्मकै खराब भनिएको छ । यसअघिसम्म सन् २००२ मा भएको एयर चाइनाको विमान दुर्घटनालाई दक्षिण कोरियामा इतिहासकै खराब दुर्घटना भनिन्थ्यो । त्यस दुर्घटनामा १२९ जनाको मृत्यु भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro