site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कैलालीमा आइतबार (असार १) बिहान भारी वर्षा भएको छ । टीकापुरमा मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भई बहने मोहना, खुटियालगायत साना खोलामा बहाव बढ्ने सम्भावना छ । खोलातटीय र होचा क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“असार १ बिहान ११ः३० बजे । पछिल्लो एक घण्टामा कैलाली जिल्लास्थित टीकापुर वर्षा मापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र सो क्षेत्र भई बहने मोहना, खुटियालगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय तथा डुबान भइरहने क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्