site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विवेकशील साझाको युवा संगठन पुनर्गठन, संयोजकमा राजभण्डारी

काठमाडौं । विवेकशील साझा पार्टीको आंगिक युवा संगठन पुनर्गठन भएको छ। शनिबार सम्पन्न विवेकशील साझा युवा संगठनको बैठकले युवा संगठनको संयोजकमा भक्तपुरका युजन राजभण्डारीलाई चयन गरेको छ । राजभण्डारी हाल काठमाडौ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थी हुन्।

पुनर्गठित युवा संगठनमा १४ सदस्यीय केन्द्रीय समिति पनि गठन गरिएको संगठनका निवर्तमान अध्यक्ष सरोज गौतमले बताए। 

Argakhachi Cement Island Ad

नयाँ सदस्यहरूमा सुमन भट्टराई, रामबाबु यादव, अहसन अन्सारी, ऋतु खड्का, प्रियंका कार्की, पूजा महतो, रोहन दंगाल, उपार्जुन चामलिङ, नवीन बिष्ट, रविन भट्ट, आदित्य कर्ण र सागर बेलबासे छन्।

संगठनका संयोजक युजन राजभण्डारीले संगठनलाई सशक्त बनाउन पोलिटिकल डिस्कोर्स, युथ बुट क्याम्प, र सिर्जनशील राजनीतिक अभियानहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। साथै, अन्य प्रदेशस्तरीय भेलाहरूको आयोजना गरेर संगठनलाई विस्तार गर्ने लक्ष्य रहेको राजभण्डारीले बताए।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्