site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

कास्की । आज आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँने भएको छ । नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो । 

यही पुस १५ गतेसम्म सञ्चालन हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिंगापुरका खेलाडी सहभागी हुनेछन् । फेष्टिभल पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुनेछ । 

उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल हुन लागेको हो । 

आयोजक पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । 

प्रतियोगितामा नेपालका ११ टोली, चीनका आठ र सिंगापुरको एक टोली सहभागी हुनेछ । गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा)सहित नेपालका ११ टोलीले प्रतियोगितामा भाग लिनेछन् । 

प्रतियोगितामा पाँच सय र दुई सय मिटर दौड हुनेछन् । प्रमुख विजेता टोलीले पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर र तृतीय हुने टोलीले एक हजार दुई सय अमेरिकी डलर पाउने आयोजले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro