प्रविधि
काठमाडौं । डिजिटल वालेट ईसेवामा समस्या आएको छ । भुक्तानी सेवा प्रदायक कम्पनीले बिहीबार साँझ ४:५५ बजेतिर सूचना जारी गर्दै प्राविधिक समस्या आएको बताएको हो ।
“ईसेवाका सेवाहरू केही समयको लागि अस्थायीरूपमा अवरुद्ध भएका छन्, प्राविधिक टोली चाँडो भन्दा चाँडो समाधानका लागि लागि परेको छ,” कम्पनीले सूचनामा भनेको छ ।
समस्या के आएको हो भनेर भने ईसेवाले जानकारी दिएको छैन । अहिले ईसेवाल एप खोल्दा कुनै पनि सेवा चलिरहेको छैन ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १७:०४
प्रतिक्रिया दिनुहोस्