site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘केपी ओली ज्यान मुद्दामा जेल बसेको’ राष्ट्रपतिको भाइरल भाषण चार वर्ष पुरानो !
फाइल तस्बिर ।

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा जेल परेको’ भनेर भाषण गरेको भिडियो भाइरल भइरहेको छ । फेसबुक र टिकटकका अधिकांश प्रयोगकर्ताले राष्ट्रपति रामचन्द्र पौडलेको उक्त भिडियो पोष्ट गरिरहेका छन् ।

१८ मिनेट ४२ सेकेन्डको उक्त भिडियोमा पौडेलले भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओली उहाँलाई चाहिँ लोकतन्त्रका लागि १६ वर्ष बस्या, १४ वर्ष बस्या भनेर क–कसले भन्नु भयो, होइन ज्यान मुद्दामा बस्या हो १४ वर्ष, कहाँबाट लोकतन्त्रका लागि बस्यो ?”

राष्ट्रपति रामचन्द्र पौडेलकाे याे भाषण अहिलेकाे नभई १८ मंसिर २०७७ काे हाे । पौडेल त्यतिबेला नेपाली कांग्रेसका वरिष्ठ नेता थिए । ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा जेल परेको उक्त भाषण उनले व्यास नगरपालिकामा पर्ने बुल्दीखोलाको पुल उद्घाटन कार्यक्रममा भनेका थिए ।

Dabur Nepal
NIC Asia

पुल उद्घाटनका क्रममा तनहुँमा विवाद भएको थियो । रामचन्द्र पौडेललाई प्रहरीले तीन घण्टा नियन्त्रणमा समेत लिएको थियो । १७ मंसिरमा पुल उद्घाटन गर्ने कार्यक्रम तोकिए पनि विरोध भएपछि कार्यक्रम रोकिएको थियो । 

उपभोक्ता समितिमार्फत बनाइएको पुलको उद्घाटन पौडेलले गर्ने तय भएको थियो । त्यहीअनुसार मंसिर १७ गते दिउँसो १ बजे पुल उद्घाटन गर्ने कार्यक्रम राखियो । व्यास नगरपालिकाको वडा नं. १, १० र ११ जोड्ने उक्त पुलको उद्घाटन हुने थाहा पाएपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (हाल एमाले र माओवादी)को युवा संगठनले प्रर्दशन गर्‍यो ।

सत्तारूढ दलले नै प्रदर्शन गरेपछि तनहुँ प्रशासनले मंसिर १७ गते  मध्याह्न १२ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिदियो । त्यसपछि पौडेल रिसाए । उनले त्यतिखेर आक्रोशित हुँदै भनेका थिए, “पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको देखिन्छ । पुल उद्घाटन गर्दा कुन शान्ति भंग हुन्छ, कुन विकास रोकिन्छ, कुन जनतालाई पीडा हुन्छ ? कुन देशलाई नोक्सान हुन्छ ? हामी पुलको उद्घाटन गर्छौँ । यो सबै झुटा हो, तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु भनेजस्तो हो । यो सबै नाटक रचिएको हो । केही मान्छेलाई मोटरसाइकल कुदाउन लगाएर प्रशासनले बेइमानी गर्दैछ । झुटमुठको विज्ञप्ति मान्दिनँ म । यो फट्याइँ हो ।”

आक्रोशित भएर पुल उद्घाटन गर्न हिँडेका पौडेललाई प्रहरीले तालघरे भन्ने ठाउँबाट नियन्त्रणमा लियो । तीन घण्टा नियन्त्रणमा राखेपछि प्रहरीले उनलाई रिहा गर्‍यो ।

प्रहरीसँग धकेला–धकेल हुँदा आफ्नो करङ दुखेको पनि उनले सुनाएका थिए । उनले भनेका थिए, “यो पुलिसको डन्डाले करङ पेलेको, मलाई हिजो दिउँसोभन्दा साँझ दुख्यो, हिजोभन्दा आज दुख्यो । आज मलाई बोल्न अलि असहज भएको छ । यो ७० वर्षको लडाइँमा यो पुलिसको दमन र पेलानले कहिल्यै पनि छाडेन ।”

वरिष्ठ नेता पौडेल नै प्रहरी नियन्त्रणमा परेपछि तनहुँ कांग्रेसका सबै तहका नेता, गण्डकी प्रदेश संसदीय दलका नेता समेत तनहुँमा पुगे । कांग्रेस नेताहरू पौडेल पक्राउको विरोधमा तनहुँ पुगेपछि पछिल्लो दिन मंसिर १८ मा पौडेलले पुल उद्घाटन गरे । 

त्यही उद्घाटन कार्यक्रममा उनले भाषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ज्यान मुद्दामा परेको दाबी गरेका थिए । त्यतिखेर पौडेलले ओलीलाई लक्षित गर्दै भनेका थिए, “एउटा मुद्दामा झ्याप्पै परिहाल्यो, जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो अनि जेल परिहाल्यो, अनि यो लकेतन्त्रका लागि हो, केपी ओली मेरो अगाडि आएर कुरा गरोस् ?”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro