site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको दायरा फराकिलो पार्न सुझाव 

काठमाडाैं । सांसदहरूले नेपालको जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले थप प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने धारणा राखेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा उनीहरूले यस्तो धारणा राखेका हुन् । 

विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा उनीहरूले राज्यले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको योगदानलाई भुल्न नहुने समेत बताए । संशोधनकर्ता सांसद गगनकुमार थापाले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको दायरा थप फराकिलो पार्नुपर्ने धारणा राखे । 

Dabur Nepal
NIC Asia

उनले स्थानीय तहलाई पाँच मेगावाट क्षमतासम्मको विद्युत् उत्पादन गर्न दिने प्रावधान उचित नहुने र त्यसलाई घटाएर तीन मेगावाट बनाउनुपर्ने सुझाव दिए । सामुदायिक विद्युतीकरणको विषयलाई पूर्णतः बन्देज लगाउन नहुने उनले बताए । 

थापाले सरकारको ५१ प्रतिशत स्वामित्व भएका जलविद्युत् आयोजनाका सन्दर्भमा प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिए । 

त्यस्तै, सांसद जनार्दन शर्माले विद्युत् उत्पादन अनुमति पत्र लिएर होल्ड गर्ने वा बिक्री वितरण गर्ने प्रवृत्ति रोक्ने विषयलाई कानुनमा नै व्यवस्था गर्नुपर्ने बताए । उनले काम गर्न सक्ने क्षमताका आधारमा नै विद्युत् उत्पादन अनुमति पत्र दिनुपर्ने धारणा राखे । आयोजनाका नाममा नदी होल्ड गर्ने समस्या अहिले पश्चिम क्षेत्रमा देखिएकाले यसलाई कानुन बनाएर समाधान गर्नुपर्ने उनले सुझाव दिए । 

त्यस्तै, अन्य संशोधनकर्ता सांसदले जलविद्युत् आयोजना निर्माण गर्दा स्थानीयलाई पनि सहज हुने गरी अघि बढाउने प्रावधान कानुनमा नै समावेश गर्नुपर्ने धारणा राखेका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro