site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चुरियामाई सुरुङमार्ग खुला गरिँदै
फाइल तस्बिर ।

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका निम्ति खुला गर्ने तयारी थालिएको छ । वाग्मती प्रदेश सरकारको चार करोड ५७ लाख रुपैयाँको लागतमा पुनर्निर्माण सकिएपछि सर्वसाधारणको अवलोकनका निम्ति खुला गर्न लागिएको हो ।

प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनर्निर्माण गरेको उक्त सुरुङमार्ग आज औपचारिक रूपमा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागिएको छ । हस्तान्तरणलगत्तै सुरुङमार्ग सर्वसाधारणका निम्ति खुला गरिने उपमहानगरका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।

सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका निम्ति खुला गर्न लागिएको प्रमुख लामाले बताइन् ।

Dabur Nepal
NIC Asia

सुरुङमार्ग अवलोकनका निम्ति आउने नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति १२०, विद्यार्थीलाई प्रतिव्यक्ति २० र पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र आपांगता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ ।

पुनर्निर्मित उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेका निम्ति खुला गर्न लागिएको प्रमुख लामाले बताइन् ।

मधेस प्रदेशको बारा र वाग्मतीको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग वि.सं. १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । उक्त सुरुङमार्गबाट ०२० सालसम्म सवारीसाधनहरू सञ्चालन गरिएको थियो ।

उक्त सुरुङमार्गको ०७९ साल वैशाख १९ गते जीर्णाेद्वार सम्पन्न गर्ने गरी काम थालिएको थियो । सुरुङमार्ग पुनर्निर्माण भए पनि त्यसको सञ्चालन कसले गर्ने भन्ने अन्योलका कारण लामो समयदेखि बन्द थियो ।

उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गर्न लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिए ।

कुल १९८ मिटर लम्बाइको उक्त सुरुङमार्ग पुनर्निर्माणपश्चात् २२५ मिटरको पुगेको जनाइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro