राजनीति
काठमाडौं । डेनमार्कका लागि नेपालको राजदूतमा सुम्निमा तुलाधर नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार तुलाधरलाई डेनमार्कको राजदूत नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ १६:१७
प्रतिक्रिया दिनुहोस्