site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरीले बरामद गर्‍याे डेढ लाख क्याप्सुल लागुऔषध 

काठमाडौं । सशस्त्र प्रहरी बलले पुस ०६ गते पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट डेढ लाखभन्दा बढी क्याप्सुल लागुऔषध बरामद गरेको छ । 

सशस्त्र प्रहरीका सहायक प्रवक्ता नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार  प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको नं. १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले सञ्चालन गरेको सृष्टि किराना जेनरल स्टोरमा विशेष सूचनाको आधारमा शनिबार राति खानतलासी गरेको थियो । 

सो क्रममा पाँचवटा कार्टुनमा अवैध रूपले भण्डारण गरी राखिएको एक लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराइड नामक लागुऔषध बरामद भएको हो । स्टोर सञ्चालक कोइरीलाई समेत वीरगन्ज भन्सार कार्यालय अगाडिबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कोइरीलाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro