site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र बंगलादेशबीचको खेल सुरु, ११ ओभरमा झारियो खेल

काठमाडौं । वर्षाका कारण रोकिएको नेपाल र बंगलादेशबीचको एसीसी महिला यू–१९ एसिया कपअन्तर्गत सुपर–४ को खेल पुनः सुरु भएको छ । 

मलेसियाको बायुमास ओभलमा वर्षाले प्रभावित बनेपछि खेलको निर्धारित ओभर ११ मा झारिएको छ । बंगलादेशविरुद्ध टस हारेर ब्याटिङमा आएको नेपालले तीन ओभरको खेल सकिँदा एक विकेट गुमाएर १२ रन बनाएको छ । 

हाल क्रिजमा रहेकी सावित्री धामी र कप्तान पूजा महतो क्रमशः पाँच र एक रनमा खेलिरहेका छन् । 

यस खेलमा बंगलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउनेछ । वर्षाका कारण एक÷एक अंक बाँडे बंगलादेश रनरेटका आधारमा शीर्ष दुईमा पुग्नेछ ।  
    
यसअघि नेपाल समूह ‘बी’को उपविजेता तथा बंगलादेश समूह ‘ए’को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । बंगलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro