site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘चिठ्ठा’मार्फत चलचित्रमा फर्किंदै धिरेन शाक्य 

काठमाडौं । चलचित्र ‘चिठ्ठा’मार्फत अभिनेता धिरेन शाक्य चलचित्रमा फर्किने भएका छन् । धिरेन लामो समयपछि चलचित्रको पर्दामा फर्किन लागेका हुन् । 

म्युजिक भिडियोमार्फत दर्शकमा आइरहे पनि उनले चलचित्रमा अभिनय नगरेको भने धेरै भइसकेको छ । कमेडी जानरामा निर्माण हुने चलचित्र ‘चिठ्ठा’मार्फत उनी पुनः ठूलो पर्दामा आउन लागेका हुन् ।  

चलचित्र ‘चिठ्ठा’ पुस दोस्रो साताबाट छायांकनमा जानेछ । आरएल लामा मोक्तानले निर्देशन गर्ने चलचित्रको कथा, पटकथा तथा संवाद पनि निर्देशक स्वयंले लेखेका छन् । 

चलचित्रमा धिरेन शाक्यसँगै भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्कीलगायत कलाकारको मुख्य भूमिका रहने निर्देशक लामाले बताएका छन् । 

चलचित्रका लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाको भनाइ छ । 

रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको चलचित्रमा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह–निर्माता रहेका छन् । 

चलचित्रलाई सञ्चु थोकरको खिच्नेछन् । 
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro