site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कांग्रेस महामन्त्री शर्मासहित पाँचजनाद्वारा लोबुचे हिमाल आरोहण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका  पाँचजनाले संसद् दिवसको सन्दर्भ पारेर ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् ।

यही मंसिर २१ गतेदेखि खुम्बु पदयात्रामा रहेका शर्मासहितले यही मंसिर २७ गते राति ११ः३० बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर आज मंसिर २८ गते बिहान ६ः४५ बजे लोबुचे हिमालको सफल आरोहण गरेको शर्माको सचिवालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहणमार्फत जलवायु परिवर्तनले हिमालमा पुर्‍याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेको छ ।

पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराउने उद्देश्य रहेको छ ।

खुम्बु पदयात्रा क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा टोलीले लोबुचे हिमाल आरोहणका अतिरिक्त थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालुलगायतको हिमालको अवस्थालाई (खुम्बु) पदयात्रा क्रममा नजिकबाट दृश्यावलोकन र स्थानीयवासीसँग व्यापक संवाद गरिएको थियो ।

संसद्को आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण राख्ने बताए ।

आरोहण दलमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा तथा कीर्तिमानी आरोहीद्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पा सहभागी थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro