site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सद्भाव आचार्यलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । आज ६–अन्डर ६२ को सानदार स्कोरमा एमेच्योर सद्भाव आचार्यले ‌समग्रमा १५–अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौं ओपनमा भुवन नगरकोटीले बनाएको १४–अन्डर २५८ को रकर्ड तोडेका हुन् ।

उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३–अन्डर ६५ सहित समग्रमा १३–अन्डर २५९ को स्कोरमा दोस्रो भए । उनले प्रो तर्फ भने पहिलो स्थान प्राप्त गर्दा एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । दिनेश प्रजापतिले अन्तिम दिन ३–अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८–अन्डर २६४ सहित तेस्रो भए । उनले ८५ हजार नगद हात पारे ।

एमेच्योर राहुल विके समग्रमा ६–अन्डर २६६ सहित चौथो भए । उनले अन्तिम दिन ४–अन्डर ६४ स्कोर दर्ज गरे । समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए । नेपाल नम्बर एक प्रो भुवनले आज ४–अन्डर ६४ सहित समग्रमा ४–अन्डर २६८ सहित पाँचौँ हुँदै नगद ६८ हजार जिते ।

Dabur Nepal
NIC Asia

विष्णुप्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३–अन्डर २६९ को स्कोरमा संयुक्त रूपमा छैटौँ स्थान बाँडे । विष्णुले ३–ओभर ७१ मा खेल सकाए । पहिलो दिनका लिडर जयरामले आज ६–अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औँ देखि १८औँ होलसम्म लगातार ६ बर्डी प्रहार गरे । उनीहरू दुवैले ५१ हजार ५०० प्राप्त गरे ।

समग्रमा इभन–पार ७२ सहित सञ्जय लामा आठौँ, २–ओभर २७४ सहित दीपक मगर नवौँ र ३–ओभर २७५ सहित तोरण विक्रम शाही क्रमश आठौँ, नवौँ र दशौँ भए । सञ्जयले आज ४–अन्डर ६४, दीपकले ३–ओभर ७१ र तोरणले ३–अन्डर ६५ बनाए । उनीहरूले क्रमशः ४५ हजार, ३८ हजार र ३५ हजार नगद प्राप्त गरे ।

अन्तिम दिन आज खेलको सुरूआत गर्दा सद्भाव निरजभन्दा एक स्ट्रोकले पछि थिए । फ्रन्ट नाइनको खेल सकिँदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो । दुवैले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । सद्भावले पहिलो, चौथो, पाँचौँ र छैटौँ होलमा बर्डी प्रहार गरे । निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौँ होलमा चार बर्डी नै प्रहार गरे ।

११औँ होल टर्निङ प्वाइन्ट बन्यो । सद्भावले बर्डी प्रहार गरे भने निरजले बोगी खेले । यसपछि सद्भावले एक स्ट्रोकको अग्रता बनाए । सद्भावले यसपछि १३औँ होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे । यही अग्रतालाई निरन्तरता दिँदै सद्भावले ब्याक नाइन २–अन्डर ३२ मा सकाए र उपाधि जिते । निरजले भने ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । सद्भावले आज पनि बोगीरहित प्रदर्शन गरे ।

दिनेशले फ्रन्ट नाइन २–अन्डर ३४ मा खेले । पहिलो, चौथो, पाँचौँ र आठौँ होलमा एक–एक सट बचाए । तर, सातौँ होलमा डबल बोगी खेपे । यसपछि १४औँ होलको बोगीविरूद्ध १०औँ र १३औँ होल बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।

प्रतियोगिताको विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा कुल सात लाख ३५ हजार नगद पुरस्कार राशी रहेको थियो । कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro