site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पुष्पा’ फेम्ड अल्लु अर्जुन पक्राउ

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादमा चलचित्र ‘पुष्पा–२’को प्रिमियरमा भएको भागदौड सम्बन्धी घटनामा उनी पक्राउ परेका हुन् ।

भागदौडमा ३९ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोराको अवस्था गम्भीर छ ।

Dabur Nepal
NIC Asia

घटनामा प्रहरीले सन्ध्या थिएटर व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो ।

चलचित्रको टोली प्रिमियरको लागि जाँदै छ भनेर पूर्वसूचना नदिइएको अधिकारीहरूले बताएका थिए । अल्लु अर्जुनलाई प्रहरीले शुक्रबार हिरासतमा लिएको बताइएको छ ।

अल्लु अर्जुन चलचित्र ‘पुष्पा–२’ का अभिनेता हुन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro