site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्काउट भन्छ– ऊर्जामन्त्री खड्काको कम्पनीले अझै पाँच करोड १९ लाख भाडा तिर्न बाँकी छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटलाई अझै पाँच करोड १९ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको खुलेको छ ।

स्काउटले राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको विवरणमा खड्काको खड्का डेभलपमेन्ट प्रालिले भाडा र जरिवानाबापतको पाँच करोड १९ लाख २७ हजार ८५१ रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ ।

Dabur Nepal
NIC Asia

विवरणअनुसार, व्यावसायिक भवन प्रथम तथा दोस्रो र तीन रोपनी जग्गाको २०८० चैतसम्म नौ करोड ४५ लाख २३ हजार ९८२ तथा सोही अवधिको जरिवाना दुई करोड ७८ लाख ६१ हजार पाँच रुपैयाँ छ । भाडा र जरिवानासहित २०८० चैतसम्म १२ करोड २३ लाख ८५ हजार ४८२ रुपैयाँ बक्यौतामा चार करोड ९२ लाख ३५ हजार २१ रुपैयाँ बैंक दाखिला तथा ६२ लाख २२ हजार ६१० धरौटी जफतसमेत गरी पाँच करोड ५४ लाख ५७ हजार ६३१ रुपैयाँ बाँकी थियो ।

कम्पनीले २०८१ कात्तिक २, मंसिर २, मंसिर १६ र मंसिर २६ मा समेत गरी एक करोड ५० लाख रुपैयाँ बुझाएपछि पाँच करोड १९ लाख रुपैयाँ बक्यौता बाँकी रहेको लेखा अधिकृत चुडामणि कार्कीले समितिमा बुझाएको विवरणमा उल्लेख छ ।

खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालि र नेपाल स्काउटले जारी गरेको संयुक्त विज्ञप्तिमा भाडाको विषयमा समस्या नरहेको जनाएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro