site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमविरुद्ध फिल्डिङमा जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्ने भएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङमा निम्त्याए । 

प्रतियोगिताको एक मात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जित निकालेको छ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जित निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।

Dabur Nepal
NIC Asia

प्रतियोगिताको उद्घाटन खेलमै विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटकै जित निकालेको थियो । तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो ।

चार खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ । शीर्षक्रम ब्याटिङमा रहेका कप्तान अनिल साह, विकेटकिपर आसिफ सेख, लहिरु मिलान्था, जिम्मी निसम र हर्ष थोकरबाट जनकपुरले बलियो साथ पाएको थियो ।

यता, चारमध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जितसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । टिमका कप्तान समेत रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँगै सैब जैब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलमको साथले सुदूरपश्चिमलाई प्रतियोगिताकै उपाधि दाबेदारको रूपमा हेरिएको छ ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित, खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार व्यहोरेको थियो ।  

प्रतियोगितामा जनकपुरले चारमध्ये तीन खेलमा लक्ष्य पछ्याउँदा जित निकालेको थियो । यता, सुदूरपश्चिमले भने जितका तीनवटै खेलमा टोलीले प्रस्तुत गरेको लक्ष्य रक्षा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro