site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो जितपछि लुम्बिनीका कप्तान रोहित भन्छन्– बाँकी दुई खेल जित्यौँ भने सम्भावना बन्न सक्छ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोलीको सम्भावना समाप्त भइनसकेको बताएका छन् ।

लुम्बिनीले एनपीएलमा पहिलो जित निकाल्ने क्रममा मंगलबार चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको थियो । यो लुम्बिनीले आफ्नो पाँच खेलमध्ये निकालेको पहिलो जित हो ।

लुम्बिनीको जितमा अलराउन्ड प्रदर्शन गरेका रोहितले ब्याटिङमा ८० रन र बलिङमा चार विकेट लिएका थिए । रोहित प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याटर समेत हुन् । उनले पाँच खेलमा दुई अर्धशतकसहित २६१ रन बनाएका छन् । जितपछि लुम्बिनीका कप्तान रोहितले प्रतियोगितामा अझै खेल बाँकी रहेको हुँदा आफ्नो टिमको सम्भावना कायमै रहेको बताएका हुन् ।

“आजको प्रदर्शन राम्रो थियो । तर, अझै धेरै गर्न बाँकी छ । एनपीएलमा यी सबै कुराहरूमा रमाइरहेको छु । यसअघि टिमले जितेको थिएन । तर, आज टिमले जित्यो । टिमले जितेको खेलमा रन बनाउँदा खुसी लाग्छ,” रोहितले भने, “जित एकदमै महत्त्वपूर्ण थियो । किनकी हालसम्म प्रतियोगिता समाप्त भइसकेको छैन । अबको दुई खेल जित्यो भने अरुको नतिजा हेरेर पनि प्लेअफको सम्भावना बन्न सक्छ ।”

जितसँगै पाँच खेलबाट दुई अंक जोडे पनि लुम्बिनी तालिकाको पुछारमा छ । लुम्बिनीसँगको हारका बाबजुद पाँच खेलबाट ६ अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro