काठमाडौं । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ धेरै मत ल्याउने १० वटा दलले प्राप्त गरेको मत सार्वजनिक गर्दै आएको छ ।
अहिलेसम्म प्राप्त मतअनुसार नेकपा एमाले करिब ५० हजार मतले अघि छ । एमालेले अहिलेसम्म ३१ लाख ६१ हजार २९५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले पनि उसकै हाराहारीमा मत प्राप्त गरेको छ । कांग्रेसको ३१ लाख ११ हजार ६४३ मत रहेको छ ।
नेकपा माओवादी केन्द्रको १२ लाख ९५ हजार ९०३ मत रहेको छ । राजपा नेपालले ४ लाख ७० हजार ४८६ मत प्राप्त गरेको छ भने संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ४६१ मत प्राप्त गरेको छ ।
विवकेशील साझाले २ लाख १२ हजार २९३ मत प्राप्त गरेको छ भने राप्रपाले १ लाख ९६ हजार १९० मत प्राप्त गरेको छ ।
राप्रपा प्रजातान्त्रिकले ८८ हजार २८० मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले ८१ हजार ४४६ मत प्राप्त गरेको छ । राजमोले ६२ हजार १२३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसबाहेक अन्य सबै साना दलको मत ३ लाख ५४ हजार ४९८ रहेको छ ।