site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको टिप्पणी गरेका छन् । प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै त्यो रोक्न आग्रह गरेका हुन् ।

“अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा. रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,” उनले लेखेका छन् ।

सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा लामिछानेलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिँदै छ । गएको बुधबार चितवनबाट उनलाई रातारात पोखरा पुर्‍याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro