site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकबाट उपनिर्वाचनको परिणामलाई सन्तोषजनक ठानिएको हो ।

“...हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ । महत्त्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ । र, यो परिणामलाई हामीले सन्तोषजनक ठानेका छौँ,” कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीसित भने ।

उनका अनुसार, उपनिर्वाचनको नतिजाबारे बैठकमा ‘सामान्य’ छलफल भएको थियो । “स्थानीय निर्वाचनको विविध स्थानीय पक्षहरू, वडा तह समेतको निर्वाचन हो,” उनले भने, “त्यसलाई राष्ट्रिय मोडको रूपमा बुझ्नु हुँदैन ।”

बीआरआईमा ऋण स्वीकार नगर्ने पार्टीको अडान कायमै छ । कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनीत गर्ने सभापतिको निर्णय बैठकबाट अनुमोदन गरिएको छ । समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा सुनीता थापालाई सिफारिस गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro