site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सेभेन सिस सिनेमाले निर्माण गरेका चलचित्र प्रदर्शन नगर्ने संघको चेतावनी

काठमाडौं । नेपाल चलचित्र संघले सेभेन सिस सिनेमाले निर्माण गरेका चलचित्र प्रदर्शन नगर्ने चेतावनी दिएको छ । सेभेन सिस सिनेमाले वितरण गरेका चलचित्र पनि प्रदर्शन नगर्ने संघको चेतावनी छ । 

सेभेन सिस सिनेमाले चलचित्र संघको मानमर्दन गर्ने, वितरकसँग रहेको अधिकारभन्दा बाहिर गएर चलचित्र उतार्छु भन्नेजस्ता गैरकानुनी काम गरेकाले यसबारे संघलाई स्पष्ट नपारे सेभेन सिसले निर्माण र वितरण गरेका चलचित्र प्रदर्शन नगर्ने संघको चेतावनी छ । 

चलचित्र घरमा प्रदर्शकले चलचित्र वितरक मार्फतमात्र चलचित्र प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको भन्दै संघले सचेत गराएको छ । 

“चलचित्र प्रदर्शकको चलचित्र व्यवसायको सरोकार चलचित्र वितरकसंगमात्र रहन्छ । चलचित्र वितरक चलचित्र प्रदर्शनको आधिकारिक संस्था हो,” संघले विज्ञप्ति जारी गर्दै भनेको छ, “चलचित्र, चलचित्र घरमा प्रदर्शन गर्ने नगर्ने सम्पूर्ण अधिकार चलचित्र वितरकमा निहीत रहन्छ । कानुनतः चलचित्र प्रदर्शकले चलचित्रको व्यवसायिक विषयमा सम्बन्धित चलचित्र वितरकसँगमात्र सरोकार राख्छ ।” 

चलचित्र निर्माण पक्षको व्यवसायिक प्रतिनिधि चलचित्र वितरक रहेको पनि संघले प्रष्ट पारेको छ । 

4a00fd15-1466-412e-b475-a6b22608ceef-1733721108.jpg
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro