site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा जुवातास खेलिरहेका १६ जना पक्राउ
जुवातास खेलिरहेको आरोपमा नागार्जुन नगरपालिका–३, गैरीगाउँबाट पक्राउ गरिएकाहरू ।

काठमाडौं । काठमाडौंका दुई स्थानमा जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५, डल्लुका ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई शनिबार (हिजो) दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ६३ हजार २८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई प्रहरी वृत्त स्यम्भूले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यस्तै, नागार्जुन नगरपालिका–३, गैरीगाउँका हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४७ वर्षीय दोर्जे लामासहित नौजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नगद दुई लाख ९९ हजार ७४५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro