site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
४५.९३ अंक घटेर २६८९ विन्दुमा नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ४५.९३ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १.६७ प्रतिशतले घटेर २६८९ विन्दुमा बन्द भएको हो ।

यस दिन करिब साढे सात अर्ब रुपैयाँको सेयर खरिद–बिक्री भयो । सात अर्ब ४६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घट्यो । परिसूचक सर्वाधिक घट्नेमा जीवन बिमा समूह छ । यो समूहको परिसूचक ३.०७ प्रतिशतले घटेको छ ।

२७ कम्पनीको सेयर मूल्य बढ्यो । २१४ कम्पनीको सेयर मूल्य घट्यो । छ्याङ्दी हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सेयर मूल्य स्थिर छ ।

खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) र जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घट्यो ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro