site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दमास्कसमा खुसी मनाउँदै सिरियाली (तस्बिरहरू) 
तस्बिर : एएफपी र डेलिमेल

काठमाडौं । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले राजधानी दमास्कस कब्जा गरेको दाबी गरेसँगै दमास्कसका सडकमा खुसीयाली मनाउनेको भीड देखिएको छ । 

विद्रोही दमास्कस प्रवेश गरेलगत्तै सिरियाका राष्ट्रपति बसर अल–असदले देश छोडेर भागेपछि खुसीयाली मनाउन सिरियाली जनता सडकमा आएका हुन् । 

गत हप्ता एचटीएसले सिरियाको दोस्रो ठूलो सहर अलेप्पो र हामाका उत्तरपश्चिमी सहरहरूलाई कब्जा गरेको थियो । त्यसपछि शनिबार राति तेस्रो ठूलो सहर होम्स कब्जा गरेको थियो । 

विद्रोही समूहले होम्स सहरको सैनिक कारागारबाट तीन हजार ५०० कैदीलाई रिहा गरेको थियो । होम्स सिरियाको तेस्रो ठूलो सहर हो र यसले तटीय क्षेत्रहरूलाई राजधानी दमास्कससँग जोड्छ । होम्स कब्जा गरेपछि विद्रोही राजधानी दमास्कस प्रवेश गरेको थियो । 

राष्ट्रपति देश छोडेर भागेको दाबी गर्दै विद्रोही समूहले सिरिया स्वतन्त्र भएको घोषणा गरेपछि जनताहरू सडकमा खुसीयाली मनाइरहेको देखिन्छन् । 

siriya-1-1733642583.jpg

siriya-2-1733642583.jpg

siriya-3-1733642583.jpg

siriya-7-1733642584.jpg

siriya-6-1733642584.jpg

siriya-5-1733642583.jpg

siriya-4-1733642583.jpg

sdf-1733643121.JPG

sa-1733643121.JPG

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro