site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखराका गौस बने एनपीएलमा शतक बनाउने पहिलो ब्याटर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका ओपनर आन्द्रियस गौस शतक बनाउने पहिलो ब्याटर बनेका छन् । उनले शुक्रबार लुम्बिनी लायन्सविरुद्ध एनपीएलकै पहिलो शतक बनाएका हुन् । एनपीएलमा हालसम्म ११ अर्धशतक बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याइरहेको पोखराबाट गौसले ५४ बलमै १०० रन बनाए । यसक्रममा उनले १२ चौका र पाँच प्रहार गरे ।

जारी खेलको १६ ओभर सकिँदा पोखराले विकेट नगुमाई १०३ रन बनाएको छ ।

पोखराबाट हाल क्रिजमा गौससँगै रहेका दीनेश खरेलले ५२ रन बनाएको छन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो । लुम्बिनीबाट शतक बनाउन चुकेका कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाएका थिए ।

लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro