site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्समा गठन भएको तीन महिनामै ढल्यो बार्नियरको सरकार

काठमाडौं । फ्रान्समा तीन महिनाअघि मात्र बनेको प्रधानमन्त्री मिसेल बार्नियरको सरकार पतन भएको छ । फ्रान्सको संसद्‌बाट प्रधानमन्त्री बार्नियरको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै सरकार ढलेको हो । अब प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुपर्नेछ ।

फ्रान्समा पछिल्लो ६२ वर्षको इतिहासमा संसद्‌मा अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले सत्ता गुमाएको यो पहिलोपटक हो ।

संसद्‌मा वामपन्थी गठबन्धनले पेस गरेको अविश्वासको प्रस्तावको पक्षमा ३३१ मत परेको थियो । जबकि, प्रस्ताव पारित गर्न २८८ मत पर्याप्त थियो ।

तीन महिनाअघि मात्रै नियुक्त भएका कन्जरभेटिभ नेता बार्नियरले बिहीबार राजीनामा दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी फ्रान्सको इतिहासमा सबैभन्दा छोटो अवधिको सरकार चलाउने प्रधानमन्त्रीमा दर्ज हुनेछन् ।

बीबीसीबाट ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro