site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पुष्पा–२’ आजबाट रिलिज, थ्रि–डी प्रदर्शन नहुने, पैसा फिर्ता लिन हलमा आउन आग्रह 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘पुष्पा–२ : द रुल’ आजबाट रिलिज भएको छ । वर्षकै प्रतिक्षित चलचित्र आजबाट रिलिज भएको हो ।  

नेपालमा यो चलचित्रले ठूलो संख्यामा शो पाएको छ । ‘पुष्पा–२ : द रुल’ले देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स लगायत अधिकांश हलका अधिकांश शो पाएको छ । बिहान ४ बजेलेखि राति १२ बजेसम्म शो निकालेर हलले ‘पुष्पा–२’को टिकट बिक्री गरिरहेका छन् । 

पहिलो दिनका धेरै शो हाउसफूल भएका छन् । यो चलचित्रले ठूलो परिमाणमा बक्सअफिस कलेक्सन गर्ने अपेक्षा गरिएको छ । 

यसैबीच, यो चलचित्र हाललाई टु–डी मात्रै रिलिज भएको छ । थ्रि–डी रिलिज हुने भनेर टिकट बिक्री गरे पनि इन्डियाबाट टु–डी फाइल मात्रै आएपछि हलले थ्रि–डी रिलिज गर्न नसकेका हुन् । 

थ्रि–डी रिलिज नहुने भएपछि हलले दर्शकसँग थ्रि–डी रिलिजका लागि भनेर उठाएको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने भएको छ । 

क्यूएफएक्सले थ्रि–डी रिलिज गर्न नसकेको भन्दै पैसा फिर्ता लिन सिनेमा घरको बक्सअफिस काउन्टरमा आउन सूचना जारी गरेको छ । 

चलचित्र ‘पुष्पा–२’ मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro