site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चार टिम मैदान उत्रिँदा सबैको लक्ष्य पहिलो जित 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (बुधबार) दुई खेलमा चार टोली मैदान उत्रिँदा सबै टिम पहिलो जितको खोजीमा हुनेछन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सले खेल्नेछ । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । 

यसअघि पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पाँच विकेटले पराजित गरेको थियो ।

यी दुई टिमबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । खेलमा कर्णाली याक्स सोमपाल कामीको र काठमाडौं गुर्खाज करण केसीको कप्तानीमा मैदान उत्रिने छ । यी दुवै खेलाडी राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुुन् ।

आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । यस्तै, विराटनगरको भने यो तेस्रो खेल हो । 

विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । खेलमा लुम्बिनीको रोहितकुमार पौडेल र विराटनगर सन्दीपको कप्तानीमा मैदान उत्रिनेछ । रोहित हाल राष्ट्रिय टिमका कप्तान हुन् । यस्तै, सन्दीप राष्ट्रिय टिमका पूर्व कप्तान हुन् । 

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । २१ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro