site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराटनगरका कप्तान सन्दीप भन्छन्– म आफ्नै प्रदर्शनबाट सन्तुष्ट छैन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेल आफू आफ्नै प्रदर्शनबाट सन्तुष्ट नरहेको बताएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा विराटनगर किंग्स सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो । त्यसअघि विराटनगर प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

Dabur Nepal
NIC Asia

मंगलबारको खेलपछि कप्तान सन्दीपले आफूले आफ्नै आशाहरूलाई पूरा गर्न नसकेको बताएका हुन् ।

“हामीले मोमेन्टहरूलाई सदुपयोग गर्न सकेनौँ । सुरुआत राम्रो थियो । मेरो ओभरमा विकेट निकाल्नुपर्ने, त्यो हुन सकेन । आउने खेलमा त्यो गल्तीहरूलाई सुधारेर राम्रो प्रदर्शन गर्ने छौँ । मेरो पनि आफ्नै आशाहरू छन् । त्यसलाई पूरा गर्न सकिरहेको छैन,” खेलपछि सन्दीपले भने ।

उनले जितको श्रेय सुदूरपश्चिमलाई दिँदै टिममा लगातारको हारले खुसीको माहोल नबनेको बताए ।

“दबाबभन्दा पनि टिममा मोमेन्टम छैन । श्रेय दीपेन्द्रलाई जान्छ । जसरी उनले आफ्नो टिमलाई अघि बढाए । हारले पक्कै पनि टिममा खुसीको माहोल छैन । तर, पक्कै पनि त्यो आउने नै छ,” उनले थपे, “१० खेलमा लगातार विकेट लिँदा तपाईले कसरी यति विकेट लिनुभयो भन्ने सोध्दैनन् । विकेट निकाल्नु मेरो काम हो । तर, ननिस्किएको खण्डमा कसरी रन रोक्न सकिन्छ पक्कै पनि त्यसमा काम गर्छु ।”

प्रतियोगितामा लगातार दुई हार बेहोरेको विराटनगर तालिकाको पाँचौँ स्थानमा छ । पहिलो खेलमा जित निकालेको सुदूरपश्चिम भने दुई अंकसहित तालिको तेस्रो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro