site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीबाट खेल्न साद बिन जफर र रामोन सिमन्ड्स नेपाल आइपुगे  

काठमाडौं । क्यानडियन क्रिकेटर साद बिन जफर नेपाल आइपुगेका छन् । जफरले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेल्नेछन्  । २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

पाकिस्तानमा जन्मिएका जफरले सन् २००८ मा क्यानडाको फर्स्ट क्लास क्रिकेटमा डेब्यू गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फर्म्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् ।

बायाँहाते स्लो स्पिन र बायाँहाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेलिसकेका छन् ।

नेपाल  प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा अत्यन्तै उत्साहित भएको बताएका छन् ।

त्यस्तै, लुम्बिनी लायन्सबाटै नेपाल प्रेमियर लिग खेल्न बार्बडियन फास्ट बलर रामोन सिमन्ड्स पनि नेपाल आइपुगेका छन् । बायाँहाते पेसरको रूपमा सिमन्ड्सले २० वर्षको उमेरमा नै वेस्टइन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू–१९ क्रिकेट विश्वकपमा वेस्टइन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए ।

लुम्बिनी लायन्सको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल छन् । प्रमुख प्रशिक्षकमा नन्दन फदनिस छन् । लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल भोलि विराटनगर किंग्सविरुद्ध खेल्दै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro