site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्याटिङमा अरू टिम संघर्षमा, लयमा जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार दुई खेल भए । लिगको उद्घाटन भएको दिनमा एउटामात्र खेल भएको थियो । अहिलेसम्म पाँच टिमले प्रतिस्पर्धा गरिसके । पाँचमध्ये चार टिम पहिलो खेलमा ब्याटिङमा संघर्षरत देखिए । तर, जनकपुरको ब्याटिङ प्रदर्शन अब्बल र बलियो देखिएको छ । 

शनिबार भएको उद्घाटन खेलमा जनकपुरले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकाल्दै विजयी सुरुआत गरेको थियो । त्यसको ४८ घण्टापछि पुनः मैदान उत्रिएको जनकपुरले सोमबार पनि सोही लयलाई कायम राख्यो । सोमबार कीर्तिपुरमा भएको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सविरुद्ध आठ विकेटकै जित निकाल्यो ।

Anil-Sah-1733159063.jpg
 अरू टिम संघर्षरत रहँदा जनकपुरको प्रदर्शन बलियो देखिएपछि सोमबारको खेलपछि जनकपुरका प्रशिक्षक पुबुदु दासानायकेलाई पत्रकारबाट प्रश्न आयो– तपाईंको टिमले कसरी यो लय बनाइरहेको छ ? 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जवाफ दिन दासानायकेले समय लगाएनन् । भनिहाले, “हाम्रो टिम शालीन छ । टिमलाई कुन बेला के गर्नुपर्छ भन्ने राम्रोसँग थाहा छ ।”

उद्घाटन खेलमा विराटनगरविरुद्ध जनकपुरका दुवै ओपनर ‘फ्लप’ रहे । पहिलो खेलमा जनकपुरका ‘मार्की’ आसिफ शेख शून्यमा आउट भए । कप्तान अनिल साहले पनि टिमको खातामा पाँच रनको मात्रै योगदान गरे । तर, सोमबारको खेलमा यो ओपनर जोडी सहज जितको सारथी बन्यो ।

Abniil-1733159145.jpg
उनीहरूले १४२ रनको लक्ष्य पछ्याउने क्रममा ९.४ ओभरमा ८४ रनको आक्रामक साझेदारी गर्दै टोलीलाई सहज जितउन्मुख गराएका थिए । अझ यसमा निर्णायक बने, कप्तान अनिल । 

खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएका अनिलले करिब १५० को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ४२ बलमा ६ चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए । योसँगै अनिल प्रतियोगितामा अर्धशतक बनाउने तेस्रो ब्याटर बने । उनीअघि जनकपुरकै लहिरू मिलान्थाले र विराटनगरका मार्टिन गप्टिलले अर्धशतक बनाएका थिए ।

सोमबारसम्म प्रतियोगिताको ब्याटिङमा जनकपुरकै हालीमुहाली छ । पहिलो खेलमै लहिरू मिलान्थाले र हर्ष थाकेरले ११६ रनको अविजित शतकीय साझेदारी गरेका थिए । जुन अहिलेसम्म एनपीएलको सबैभन्दा ठूलो साझेदारी हो ।

यसैमा सोमबार अनिल र आसिफको जोडीले अर्को कीर्तिमान थपे । यी दुईले बनाएको ८४ रन लिगमा अहिलेसम्मकै ओपनिङ जोडीले बनाएको ठूलो साझेदारी हो । यसमा आसिफले २९ बलमा दुई चौका र दुई छक्कासहित ३६ रन थपे । यसअघि पहिलो विकेटका निम्ति चितवन राइनोजका ओपनरद्वय दीपक बोहरा र हसन आइसाखिलले बनाएको १८ रनको साझेदारी नै अहिलेसम्मको ठूलो थियो ।

NPL-Bihidd-1733159061.jpg
 

टिमले ब्याटिङमा देखाएको प्रदर्शनबाट मख्ख जनकपुरका प्रशिक्षक दासानायके अनिल र आसिफ एउटै टिममा हुनुले यो नतिजामा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउँछन् । उनले अनिलको कप्तानीले आफूलाई अच्चमित बनाएको प्रतिक्रियासमेत दिए ।

“अनिल र आसिफसँगै हुनुमा हामी भाग्यमानी बन्यौँ । उनीहरूलाई यहाँका सबै बलरहरूबारे थाहा छ । अनिलले कप्तानको रूपमा पछिल्लो दुई खेलमा निकै राम्रो गरेका छन् । उनको कप्तानीले मलाई अच्चमित बनाएको छ,” प्रशिक्षक दासानायकेले थपे ।

ब्याटिङमा अरू टिमको संघर्ष

प्रतियोगिताको उद्घाटन खेलमा जनकपुरविरुद्ध टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभरमा १२७ रनमै समेटिएको थियो । जसलाई जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर सहजै पूरा गर्‍यो । 

त्यसपछि सोमबार भएको पहिलो खेल पनि चितवन राइनोज र काठमाडौं गुर्खाजले मध्यम योगफलमा लडाइँ गरे । टस हारेर ब्याटिङमा आएको काठमाडौंले निर्धारित २० ओभरै ब्याटिङ गरे पनि खातामा १११ रनभन्दा धेरै जोड्न सकेन । जसलाई भेटाउन चितवनले पनि १८औँ ओभरसम्म कुर्नुपर्‍यो । १८औँ ओभरको पहिलो बलमा लक्ष्य पूरा गर्दा चितवनले पाँच विकेट गुमाएको थियो ।

सोमबारको दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा १४१ रन बनायो । यो प्रतियोगिता हालसम्म बनेको सबैभन्दा ठूलो योगफलसमेत हो । कीर्तिपुरको पिचले ब्याटरमा उत्पन्न गराएको समस्याका कारण जनकपुरलाई यो लक्ष्य सहज नरहने अनुमान थियो । तर, पुनः पहिलो खेलको लयलाई कायम राख्दै जनकपुरले १४२ रनको लक्ष्य १५.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

NPLsss-1733159060.jpg
सोमबार जनकपुरबाट ब्याटिङमा उत्रिएका कुनै पनि ब्याटर एक अंकको स्कोरमा आउट भएनन् । अनिल र आसिफको ओपनर जोडीबाहेक तेस्रो नम्बरमा ब्याटिङका निम्ति मैदान उत्रिएका लहिरू मिलान्था अझै आक्रामक देखिए । उनले ३१ बलमा दुई चौका र दुई छक्कासहित २४ रन थपे । अविजित रहेका जिम्मी निसमले पनि २०० स्ट्राइक रेटमा ब्याटिङ गर्दै आठ बलमै १६ रन बनाए ।

लगातार दुई सहज जितपछि प्रशिक्षक दासानायकेले भने,  "हामीले दुई खेलमा गर्न आवश्यक रहेका कुराहरू देखाइसक्यौँ । अब आगामी खेलमा पनि यस्तै लय राख्ने लक्ष्यमा छौँ ।”

जनकपुरले अब मंसिर २० गतेको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध खेल्नेछ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro