site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा निर्वाचित

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)की उमा लुङ्गेली मगर शेर्पा निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनबाट शेर्पा दुईहजार ८०५ मत ल्याएर निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की निम लेकी शेर्पाले दुईहजार ६०० मत ल्याइन् । यस्तै, नेपाली कांग्रेसकी पासदिकी तामाङले एकहजार ७२७ मत ल्याइन् ।

०७९ काे निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित श्यामसुन्दर तामाङको ०८० असार ३१ गते हृदयाघातका कारण निधन भएको थियो ।

०७९ मा कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित तामाङले चार हजार ७४१ मत ल्याएका थिए । निकटतम प्रतिस्पर्धी एमालेकी मुना शिवाकोटीले तीन हजार २८१ मत ल्याएकी थिइन् । राप्रपाकी यशोदा पाठकले २४ मत पाएकी थिइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro